काठमाडौं । तिब्बतमा पहिरो गएर तामाकोसी नदी थुनिएपछि त्यसको खतरालाई मध्यनजर गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आफ्नो जलाशय खाली गर्न थालेको छ ।
नेपाल–तिब्बत सिमानाको तिब्बततर्फ भिषण वर्षा र पहिरोले गर्दा नदी थुनिएको कारण लामाबगर तिर बाढीको खतरा बढेको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
कुनैपनि बेला उक्त खोलाबाट बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि अलाशयको पानी खाली गरिएको आयोजनाले जनाएको छ ।