मेलम्ची बाढीबारे अध्ययन गर्न विज्ञ टोली जाँदै

518

काठमाडौं । पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ । मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ ।

“पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ,” प्राधिकरणका कार्यकारिणी प्रमुख अनिल पोखरेलले भने,“खोलाको शिर भात अर्थात् मुहानतिर पुगरे टोलीले अध्ययन गर्ने छ ।”

मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशंका गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।

आज काठमाडौंबाट जाने विज्ञ टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने प्राधिकरणका कार्यकारिणी प्रमुख पोखरेलले बताए । मेलम्ची खोलामा अहिले पानीको सतह कम भएपनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...