स्कटल्यान्ड र नामाबियाविरुद्धको त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

251

काठमाडौं । आगामी महिन स्पेनमा हुने स्कटल्यान्ड र नामाबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार बन्द पशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।

शुक्रबार घोषणा गरिएको २० सदस्यीय टोलमिा पुरानै खेलाडी रहेका छन् । नेपालले सोमबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने छ ।

घोषणा गरिएको टोलीमा अनुभवी स्पिनर बसन्त रेग्मी, ओपनर सुवास खकुरेल र युवा ब्याट्सम्यान रोहित कुमार पौडेल भने छैनन् ।

घरेलु प्रतियोगिता प्रधानमन्त्री कप र मेयर कपमा राम्रो प्रदर्शन गरेका पृथु बाँस्कोटा, पवन सर्राफ, विक्रम सोब, सन्दीप जोरा, शाहब आलमले २० सदस्यीय टोलीमा स्थान बनाएका छन् ।

नेदरल्यान्ड्स र मलेसियाविरुद्ध घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पनि टोलीमा रहेका छन् ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामाबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेसवाकर, विक्रम सोब, पवन सर्राफ र पृथु बास्कोटा

May be an image of text that says '"Sports for Health, Sports for Nation" CAN च.न. Ref No: नेपाल किकेट संघ Cricket Assogiation of Nepal मिति- २०७८/३/४ प्रेस विज्ञति आइसिसी सीडब्लुसी लिग-२ अन्तर्गत स्पेनमा हुने नेपाल, नामिबिया स्कट्ल्याण्डबिचको ट्राई-सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको लागि तपसिल बमोजिमका खेलाडीहरू चयन गरिएको छ। ज्ञानेन्द्र मल्ल कुशल भुर्तल ३आरिफसेख पारस खडका ६ आसिफ सेख कुशल मल्ल विनोद भण्डारी करण केसी सोमपाल कामी १२ कमल १३अविनाश बोहरा १४ सन्दीप जोरा १६ सुशान भारी १७ शरद भेसवाकर १८विक्रमसोब पवन सर्राफ ५दीपेन्द्रसिंहरी दीपेन्द्र १० सन्दीप लामिछाने १५साहब आलम ुबास्कोटा @ookak अशोकनाथ प्याकुऱ्याल सचिब Kathmandu, office'

Share This:
सम्बन्धित खबर
Loading...