गण्डकीका मुख्यमन्त्री पोखरेलले प्राप्त गरे विश्वासको मत

332

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उनले ३१ मत प्राप्त गरे । जुन सरकार बनाउन आवश्यक मतभन्दा १ मतले बढी हो । ५८ सांसद्ले मतदान गरेकामा नेकपा एमालेका २७ सांसद्ले भने विपक्षमा मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसद् राजीव गुरुङ‘दीपक मनाङे’को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जनमोर्चाको २, जसपाको २ र एक स्वतन्त्र सांसद् छन् ।

Share This:
सम्बन्धित खबर
Loading...