लगातार दोस्रो जित निकाल्दै नेदरल्यान्ड्स नकआउट चरणमा

310

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेदरल्यान्ड्स युरो कप २०२० प्रतियोगिताको अन्तिम १६मा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा अष्ट्रियामाथि २–० गोलको जित हात पार्दै १३ वर्षपछि युरोको नकआउट चरणमा पुगेको हो । यसअघि टोलीले सन् २००८को युरो कपमा समूह चरण पार गर्न सफल भएको थियो ।

घरेलु टोली नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे र डेञ्जल डुम्फ्रिजले गोल गरे ।

खेलको ११औँ मिनेटमा मेम्फिस डिपेलले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता बनाएको थियो । अष्ट्रियाका कप्तान डविड अलाबाले पेनाल्टी क्षेत्रभित्र डेञ्जेल डुम्फ्रिजलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएका थिए ।

यस्तै, ६७औँ मिनेटमा डेञ्जेल डुम्फ्रिजले गोल गर्दै अग्रता दोब्बर बनाए ।

गएराति नै भएको समूह ‘सी’को अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ ।

जितसँगै नेदरल्यान्ड्सको दुई खेलबाट ६ अंक भएको छ । युक्रेन र अष्ट्रियाको समान ३–३ अंक छ । नर्थ म्यासेडोनिया भने अंकविहीन छ ।

Share This:
सम्बन्धित खबर
Loading...