एमाले महासचिव पोखरेल र स्वीट्जरल्यान्डकी राजदूत क्यापीलरबीच भेटवार्ता

221

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ ।

एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन् ।

उपप्रधानमन्त्री रहेको बेला पोखरेलको पहमा स्वीट्जरल्यान्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

राजदूत क्यापीलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...