स्याङ्जामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना गम्भीर घाइते

190

स्याङ्जा । स्याङ्जाको भीरकोटमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

भीरहकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग१ज४९४० नम्बरको जिप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा ज्यान गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अन्य ६ जना घाइतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट–५का वडा अभ्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिए ।

घाइतेहरु सबै भीरकोट–३ का हुन् । अविरल वर्षाका कारण बाटो चिल्पो हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Share This:
सम्बन्धित खबर
Loading...