गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

312

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संविधानको धारा १६८(५) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री बन्न उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् राजीव गुरुङ‘दीपक मनाङे’गरी ३१ सांसद्ले समर्थन गरेका थिए ।

विश्वासको मत लिएपछि मात्रै सदनमा बजेटमाथि छलफल हुने बताइएको छ । मंगलबार गण्डकी प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...