ओली र नेपाल समूहको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

373

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा (एमाले)भित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेको अध्यक्ष केपी शर्मा ओली समूह र झलनाथ खनाल–माधव कुमार नेपाल पक्षबीच एकताका लागि नेताहरुले पहल गरिरहेका छन् ।

खनाल–नेपाल समूहकै माग अनुसार प्रधानमन्त्री एवम् अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत भएका हुन् ।

लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटी बैठकको तयारी भएको ओली पक्षका नेता तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठक ठ्याक्कै कहिले बस्छ भन्ने टुंगो नलागेपनि दुवै पक्षका नेताहरुबीच कुराकानी भइरहेकाले एक–दुई दिनमै बैठक बस्न सक्ने ज्ञवालीको भनाइ छ ।

बोली बाराबारको अवस्था अहिले सामान्यतर्फ गइरहेकाले सहमति भएर पार्टी एकता हुन्छ भन्नेमा आशा पलाएको नेपाल पक्षका एक नेताले बताए । अध्यक्ष ओलीले एमालेको नवौँ महाधिवेशनबाट आएको नेतृत्व खारेज गरेर विभिन्न संगठनमा नयाँ व्यक्ति मनोनित गरेको छन् । नेपाल समूहले यसलाई कुनै हालतमा नमान्ने बताइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...