पानीको बहाब बढेपछि कोसी बराजको १२ ढोका खुला

310

काठमाडौं । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोसी बराजको १२ वटा ढोका खुला गरिएको छ ।

हाल कोसी नदीमा पानीको बहाब ६१ दशमलव १४५ क्युसेक रहेको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

पानीको बहाब बढिरहेको तर खतराको अवस्था नभएको सिडिओ ढकालले बताए । “नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोसीले खतराको तह पार गरेको छैन,” उनले भने ।

सप्तकोसीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...