थप २ हजार ७४५ जनामा संक्रमण, ४१ जनाको मृत्यु

176

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७ सय ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ४९ आरटी पिसिआर र ५ हजार ८ सय ४१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९ सय ६७ जना र भेन्टिलेटरमा ८ सय ८५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट ४ हजार १ सय ८७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८८.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...