कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप

152

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

प्रमुख सचेतक गुलावजंग शाहले विपक्ष्ँमा मतदान गर्न एमाले सांसदहरुलाई ह्विप जारी गर्ने निर्णय भएको जानकारी दिए ।

प्रदेशसभा बैठक अहिले केहीबेरमा बस्दै छ । दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...