सुर्खेत । कर्णाली प्रदेशमा एमालेका विद्रोही ४ सांसद्ले नेता माधव कुमार नेपालको सिग्नल पर्खिरहेका छन् ।
सर्वोच्च अदालतले पुनःवहाली गरेपछि एकीकृत संसदीय दलको बैठक सुरु हुनुअघि प्रकाश ज्वाला नेतृत्वको विद्रोही समूहले नेता नेपालको सिग्नल पर्खिरहेको छ ।
नेता रावलका अनुसार दलका नेता यामलाल कँडेलले बोलाएको बैठक सुरु हुनअघि कँडेल र ज्वालाबीच छलफल भइरहेको छ । स्रोतका अनुसार ज्वालाले मुख्यमन्त्रीमा दुवै पक्षले सेयर गर्नुपर्ने र अहिलेका ३ मन्त्रीलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।
दुवै पक्षको सहमति भए कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा एमालेले विपक्षमा मतदान गर्नेछ , एमाले एकढिक्का भए नीति तथा कार्यक्रम असफल हुनेछ र बहुमत गुमाउँदै सरकार ढल्नेछ ।