युराे २०२०ः स्पेन बराबरीमा रोकियो

247

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटअन्तर्गत समूह ‘ई’को खेलमा स्पेनले बराबरी खेलेको छ ।

उपाधिको दाबेदारका रुपमा रहेको स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा उत्कृष्ठ प्रदर्शन गरेपछि स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्वीडेनले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

यस बराबरीसँगै स्पेन र स्वीडेनले पहिलो खेलमा अंक बाँडेका छन् । समूहमा स्लोभाकिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहीन पोल्यान्ड पुछारमा रहेको छ ।

यसअघि समूह ‘ई’कै पहिलो खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोलले पराजित गर्यो । पोल्यान्डको जितमा मिलान स्क्रिनियारले एक गोल गरेभने अर्को गोल उपहार पाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...