कृष्ण थापाको प्रदेश सांसद् पद खारेज

410

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद् पद खारेज भएको छ । सांसद् पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । योसँगै थापाको सांसद पद गएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।

“यस अवस्थामा विपक्षी निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनू भनी जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र उपयुक्तता रहिरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नपरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ । अरु नियमअनुसार गर्नू,” आदेशमा भनिएको छ ।

थापालाई पार्टीको सिफारिसमा पदमुक्त गरिएपछि उनी सर्वोच्चमा पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...