कोपा अमेरिका : ब्राजिलको सहज जित

425

काठमाडौं । कोपा अमेरिका २०२१ अन्तर्गत साविकको विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले एक–एक गोल गरे ।

पहिलो हाफको २३औँ मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । कोरोना संक्रमणबाट भेनेजुएलाका ८ खेलाडीले कोपा अमेरिका गुमाएपछि टोली केही कमजोर देखिएको थियो ।

दोस्रो हाफको ६५औँ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेल सकिन एक मिने बाँकी रहँदा ग्याब्रिएल बार्बोसाले गोल गर्दै ३–० को सहज हित हात पार्यो ।

जितसँगै समूह एमा रहेको ब्राजिलले ३ अंक जोडेको छ । समान ३ अंक भएपनि गोल अन्तरका आधारमा कोलम्बिया दोस्रो स्थामा रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई १–० गोलले हराएको छ । कोलम्बियाको जितमा इड्विन कार्डोनाले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे ।

Share This:
सम्बन्धित खबर
Loading...