एमालेले बुझायो मुख्यमन्त्री शाहीलाई १९ बुँदे मागपत्र

383

सुर्खेत । नेकपा (एमाले)ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई १९ बुँदे मागपत्र बुझाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यमलाल कँडेल नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई आइतबार १९ बुँदे मागपत्र बुझाएको हो ।

सो क्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको छ । छलफलमा कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न आग्रह गर्दै १९ बुँदे मागपत्र पेस गरेका हुन् ।

मागपत्रमा विभिन्न शिर्षकका कार्यक्रम सिफारिस गर्दै बजेट तोकेरै विनियोजन गर्न माग गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...