बजेट पास भएपछि प्रदेशको नामबारे छलफल गरौँ : मुख्यमन्त्री राई

195

विराटनगर । प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण बारेमा अब ढिला गर्न नहुने बताएका छन् ।

आइतबार प्रदेशसभामा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यकममाथि उठेको प्रश्नको जबाफ दिँदै मुख्यमन्त्री राईले यही अधिवेशनबाट प्रदेशको नामाकरण टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।

उनले त्यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई तयारी रहन पनि आग्रह गरे । “प्रदेशको नामाकरण यसै अधिवेशनबाट टुंग्याउनुपर्छ,” मुख्यमन्त्री राईले भने,“ यो नीति तथा कार्यक्रम पास भएको भोलिपल्टबाटै त्यस बारेमा छलफल अगाडि बढाउनुपर्छ । म सबै दलका माननीयज्यूहरुलाई प्रस्ताव गर्छु, प्रदेशको न्वारान पश्चात मात्रै यो बजेट अधिवेशन अन्त्य गरौँ ।”

कोरोना संक्रमणका कारण नामाकरणको बारेमा छलफल गर्न असुरक्षित हुने अवस्था आइपरेको खण्डमा पनि आवश्यक सतर्कता र स्वास्थ्य सुरक्षाका विधि अपनाएर नामाकरणको विषयलाई टुंग्याउनुपर्नेमा उनले जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...