प्रदेश २मा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ह्विप

125

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्न सत्तारुढ जनता समाजवादी पाटीं (जसपा)ले ह्विप जारी गरेको छ ।

प्रदेशसभामा जेठ २७ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शनिबारदेखि छलफल प्रारम्भ भएको छ । आइतबार थप छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

जसपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले संसदीय दलको बैठकमा सचेतकलाई ह्विप लगाउन निर्देशन दिएको आधारमा ह्विप लगाइएको सांसद रामाशिष यादवले जानकारी दिए ।

पार्टीभित्रको पूर्व राजपा समूह संघीय सरकारमा गएपछि पूर्व समाजवादी समूहले प्रदेश सरकारबाट पूर्व राजपाका मन्त्रीलाई हटाएर कांग्रेसलाई सरकारमा ल्याएको छ । पूर्व राजपा समूहले नीति तथा कार्यक्रम पारित गर्न नसक्ने आशंकामा ह्विप लगाइएको पार्टीका एक सांसद्ले जनाए ।

Share This:
सम्बन्धित खबर
Loading...