वेष्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको फराकिले जित

254

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका फराकिलो अन्तरले विजयी भएको छ ।

शनिबार घरेलु टोली वेष्ट इन्डिजलाई दोस्रो इनिङ्समा १ सय ६२ रनमा समेट्दै एक इनिङ्स ६३ रनको जित हासिल गरेको हो । जितसँगै दक्षिण अफ्रिकाले २ खेलको टेष्ट सिरिजमा १–०को अग्रता लिएको छ ।

पहिलो इनिङ्समा ९७ रनमा समेटएको वेष्ट इन्डिजले दोस्रो पारीमा सम्हालिएको प्रदर्शन गर्दै १ सय ६२ रन बनाए । वेष्ट इन्डिजका रोस्टन चेसले ६२ रनको अर्धशतकीय पारी खेल्नुबाहेक अन्य खेलाडीले उल्लेखनीय रन बनाउन सकेन ।

किरन पावेलले १४, जर्माइन ब्ल्याकवूड र केमार रोचले समान १३–१३ तथा साइ होप र काइल मेयर्सले १२–१२ रन जोडे ।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका कगिसो रबडाले ५, एनरिच रोचले ३ र केशव महाराजले २ विकेट हात पारे ।

क्वुइन्टन डि कोकको शतकीय पारीको मद्धतमा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३ सय २२ रन बनाएको थियो ।

क्वुइन्टन डि कोकले १ सय ४१ रन, एइडिन मक्रामले ६० तथा रस्सी भान डेर डसेनले ४६ रनको योगदान दिए ।

Share This:
सम्बन्धित खबर
Loading...