नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कँदै

157

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुग्ने छ ।

नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छ । नेपालले कुवेतमा चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलबाट ६ अंक जोडेको छ । नेपालको विश्वकपको तेस्रो चरणमा पुग्ने सम्भावना सकिएको छ भने प्ले आफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...