लुकाकुको दुई गोलमा बेल्जियमको रसियामाथि सहज जित

युरो कप-२०२०

196

काठमाडौं । १६औँ संस्करणको युइएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । क्रेस्टोभेस्की स्टेडियममा सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले रसियामाथि ३–० को सहज जित निकालेको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले २ तथा थोमस मुनिएरले एक गोल गरे ।

बेल्जियमले खेलको १०औँ मिनेटमा रोमेलु लुकाकुको गोलमा खेलमा अग्रता बनाएको थियो । त्यस्तै, थोमस मुनिएरले ३४औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा २–०ले अघि रह्यो । ८८औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।

पहिलो गोल गरेपछि लुकाकुले फिनल्यान्डविरुद्धको खेलमा ढलेका उनका इन्टर मिलानका साथी क्रिस्टियन एरिक्सनलाई समर्पित गरे ।

जितसँगै बेल्जियमले ३ अंक जोडेको छ । समूह ‘बी’मा रहेको बेल्जियम शीर्ष स्थानमा छ । त्यस्तै, गएराति नै डेनमार्कमाथि जित निकाल्दै समान ३ अंक जोडेको फिनल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा हार ब्यहोरेको रसिया र डेनमार्क अंकविहीन छन् ।

Share This:
सम्बन्धित खबर
Loading...