श्रीमानले श्रीमतिमाथि छ्यापे एसिड

479

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका–४ की ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

घरयासी विवाद हुँदा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

दीपिकाको बाँया हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

४२ वर्षी दीपकलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धानपछि कानुन बमोजिक कारबाही हुने डिएसपी लामिछानेले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...