स्वीट्जरल्यान्ड र वेल्सले बराबरी खेल्दै अंक बाँड्यो

युरो कप-२०२०

158

काठमाडौं । युरोपेली च्याम्पियनसीपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् । एक गोले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

अजरबैजनस्थित बाकी स्टेडियम बाकुमा शनिबार राति भएको समूह ‘ए’को खेलमा स्वीट्जरल्यान्डले खेलको सुरुवातदेखि नै वेल्सलाई दवावमा राखेपनि वेल्सको रक्षपंक्ति तोड्न सकेन ।

खेलको ४९औँ मिनेटमा सेर्डन सकिरीले कर्नरमार्फत् गरेको क्रसमा ब्रिल इम्बोलोले हेडरमार्फत् गोल गर्दै स्वीट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेको वेल्सले सम्हालिएको खेल पस्कँदै बराबरी गोल गर्न सफल भयो । ७४औँ मिनेटमा मुरेले जो मोरेलको क्रसमा हेडरमार्फत सुन्दर गो गर्दै बराबरीमा ल्याएका थिए ।

८५औँ मिनेटमा मारियो गाभरानोभिकले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता नदिँदा स्वीट्जरल्यान्डले अग्रता लिनबाट चुक्यो ।

बराबरीसँगै गत संस्करणको सेमिफाइनलिस्ट वेल्स यो सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । दुवै टोलीले समान १–१ अंक जोडेका छन् । शुक्रबार राति टर्कीलाई ३–० ले पराजित गरेको इटालीको ३ अंक छ ।

Share This:
सम्बन्धित खबर
Loading...