जनमोर्चा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा पृथ्वीसुब्बाको पनि दाबी

351

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)को पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपाका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थन पत्र लिएर दाबी गरेका हुन् । जसपा गण्डकी प्रदेशले २ सांसद्लाई अनुशासन उल्लङ्घनमा कारबाही गरेको पत्रसमेत पेस गरेको बताइएको छ ।

जसपाको केन्द्रमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षमध्ये कसको आधिकारिकता भन्ने विवाद चलिरहेका बेला प्रदेशमा पनि यो विवाद सरेको हो ।

गुरुङले २७ गते संसदमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत ३१ सांसद्को हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...