गण्डकीमा नयाँ सरकार बनाउन दिएको समय ३ बजे सकिँदै

366

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दाबी गर्ने समय दिउँसो ३ बजे सकिँदै छ । विपक्षी गठबन्धनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भइ हस्ताक्षर बुझाइसकेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि छुट्टै हस्ताक्षर गराएको छ ।

संविधानको धारा १६८ को उपाधार ५ बमोजिम सरकार बनाउन गण्डकीमा ३० जना सांसद् भए पुग्छ । राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापा शुक्रबार पुनः पदमुक्त भएका छन् । उनी पदमुक्त भएसँगै ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्य संख्या ५९ कायम भएको छ । ५९ को बहुमत संख्या ३० भए सरकार बन्छ ।

विपक्षी नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका समान २–२ र एक स्वतन्त्र सांसद् राजीव गुरुङ‘दीपक मनाङे’ गरी ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ ।

प्रदेश प्रमुख पौडेलले अध्ययन गर्ने भन्दै शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी थिइनन् । उक्त समयसीमा अहिले ३ बजे सकिँदै छ ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री पथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि शुक्रबार प्रदेश प्रमुखले आज ३ बजेसम्मको समयसीमा दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...