अज्ञात समूहद्वारा पार्किङमा राखिएको सवारी साधन तोडफोड

236

दाङ । दाङको लमहीमा पार्किङमा राखिएको सवारी साधन गएराति अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले लमहीको विभिन्न स्थानमा पार्किङ गरिराखेको ती सवारी साधनमाथि इँटा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।

उक्त समूहले मिनी ट्रक, जिफ बस तोडफोड गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

वडा प्रहरी कार्यालय लमहीका अनसार राम्रो डेकोरेसनको रा१ख१७५९ नम्बरको मिनी ट्रक, दिलिप जिसीको लु१ख९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे१च२८१२ नम्बरको बोलेरो जिपमाथि अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पुर्याएको छ ।

प्रहरीले रातको समयमा तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...