काठमाडौं । अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीको प्लेइङ–११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलताइरीले नेपाली टोलीलाई ४–३–३को रणनीतिमा मैदान उतार्ने छन् ।
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रि स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्ने छ । खेल राति ९ः४५ बजे सुरु हुने छ ।
नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, विशाल लाई
फरवार्डः नवयुग श्रेष्ठ, सुमन लामा, सुनिल बल