काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका १८ जना अभियन्तालाई रिहा गर्न बहत् नागरिक आन्दोलनले माग गरेको छ ।
सरकारले झापास्थित दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो । उनीहरुले निजी मेडिकल कलेजलाई सम्बन्धन नदिन सरकारसँग माग गरेका छन् ।
प्रदर्शनमा सहभागी खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, युग पाठक, रिता परियार, प्रणेता, भाष्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीता, भावना, रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्कीm सौभर न्यौपाने र अञ्जानबाबुलाई प्रहरीले पक्राउ गरेको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।
जनस्वास्थ्यको पक्षमा उभिँदा पक्राउ परेका सबैलाई तत्काल रिह गर्न बृहत् नागरिक आन्दोलनले माग गरेको छ । उनीहरुलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने जनाइएको छ ।