नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु थियो, सर्वोच्चलेनै उल्टाइदियो : शंकर पोखरेल

204

काठमाडौं । नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु भएको दाबी गरेका छन् ।

सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदातले परमादेश दिएपछि पोखरेलको यस्तो धारणा आएको हो ।

उनले लेखेका छन्, “नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुबहु थियो । त्यस सम्बन्धमा सर्वोच्चका परमादेश थिए । तर सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी।”

Share This:
सम्बन्धित खबर
Loading...