प्रदेश १को नीति तथा कार्यक्रम : उच्च प्राथमिकतामा स्वास्थ्य क्षेत्र [पूर्णपाठ]

445

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मूल नारासहित आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना तयार पारिएको छ ।

गुरुयोजनाअन्तर्गत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निमार्ण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई दुई सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गरिने सरकारको तयारी छ ।

प्रदेश १ नीति तथा कार्यक्रम
Share This:
सम्बन्धित खबर
Loading...