काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज नागरिकता अध्यादेशविरुद्धको रिटमा सुनुवाइ हुँदै छ ।
यही जेठ २१ गते सुरु प्रारम्भिक सुनुवाइमा सर्वोच्चले आज दुवै पक्षलाई डाकेको छ । आज सरकारी पक्षसहितको धारण सुनेपछि इजलासले अन्तरिम आदेश दिने या नदिने निर्णय गर्ने छ ।
आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्कीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।