मुख्यमन्त्री राउतले भने– सांसद्हरुकाे माग सम्बोधन हुन्छ

142

जनकपुरधाम । प्रदेश नम्बर २का मुख्यमन्त्री लालबाबु राउतले सशर्त अनुदान सम्बन्धमा प्रदेश सांसदहरुको माग सम्बोधन हुने आश्वासन दिएका छन् । चालु आर्थिक वर्षमा स्थानीय तहलाई दिइने सशर्त अनुदानको विवादमा सांसद्हरुको माग सम्बोधन हुने उनले बताए ।

सांसद्को योजना समावेश गर्न कमजोरी भएको स्वीकार गर्दै मुख्यमन्त्री राउतले आगामी दिनमा यस प्रकारको कमजोरी नहुने बताए । सशर्त अनुदानको रकम र योजना कार्यकर्तामुखी नभएको र स्थानीय तहमा कार्यकर्ताको हिसाबले नगएको उनले प्रष्ट पारे ।

“सरकारबाट त्रुटि भएको छ । हामी यसलाई सुुधार गर्छौँ,” मुख्यमन्त्री राउतले भने,“सकिन्छ भने चालु वर्षमा पनि सुधार गरौँ, होइन भने आगामी वर्षदेखि त्यसप्रकारको गल्ती नदोहोर्याऊँ ।”

मंगलबार विपक्षी ३ दलका प्रदेशसभा सदस्यले त्यस सम्बन्धमा मुख्यमन्त्रीको जबाफ माग गर्दै सदन अवरुद्ध गरेका थिए । बुधबार मुख्यमन्त्रीले जबाफ दिएपछि प्रदेशसभा बैठक सुरु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...