प्रदेश १का कृषि तथा सहकारी राज्यमन्त्री घलेलाई कोरोना संक्रमण

363

उदयपुर । प्रदेश नम्बर १का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २(ख)बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो ।

उदयपुरको कटारी नगरपालिका–४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामन्य रहेको छ । सामान्य अवस्था रहेकी घले होम आइसोलेसनमा बस्दै आएकी छन् ।

राज्यमन्त्री घलेसँगै स्वकीय सचिव सञ्जिव कार्की, पिएसओ र सवारी चालकसमेत कोरोनाबाट संक्रमित भएका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...