राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयले लिए शपथ

383

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशअन्तर्गत जेठ १७ गते भएको उप निर्वाचनमा पाण्डेय निर्वाचित भएका थिए ।

विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेयले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पराजित गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...