काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । नेकपा (एमाले)का सांसद्हरुले समर्थन गरेपछि उनले विश्वासको मत पाएका हुन् ।
योसँगै भट्ट नेतृत्वको सरकार पनि जोगिएको छ । उनलाई एमालेको माधव कुमार नेपाल समूहका १७ सांसद्ले मत दिएका छन् ।
मंगलबार भएको मतदानमा भट्टको पक्षमा ३० मत परेको थियो । विपक्षमा ९ मत पर्यो । नेपाली कांग्रेस भने तटस्ट बस्यो ।
५२ सदस्यी प्रदेशसभामा एमालेका २५, माओवादीका १३, कांग्रेसका १३ र जसपाका २ जना सांसद् छन् । मंगलबारको मतदानमा ५१ सांसद् उपस्थित भएका थिए ।
यी हुन् एमालेका भट्टलाई मत दिने सांसदहरु
दीर्घ सोडारी
दुर्गा कुमारी कामी
पूर्ण जोशी
प्रकाश बहादुर शाह
प्रकाश रावल
अमर बहादुर साउद
अर्चना गहतराज
कुलबीर चौधरी
कृष्णराज सुवेदी
चुन कुमारी चौधरी
तारा लामा तामाङ
बल बहादुर सोडारी
मना कुमारी साउद
माया भट्ट
लाल बहादुर खड्का
सुशीला बुढाथोकी
हर्क बहादुर कुँवर