बौद्ध घटना : डिएनए परीक्षण गर्ने तयारी

499

काठमाडौं । बौद्धको टाउन प्लानिङमा प्लास्टिकको बोराभित्र भेटिएको खुट्टा पुरुष वा महिला कसको हो भन्ने खुल्न सकेको छैन । लिङ्ग पहिचानका लागि प्रहरीले डिएनए परीक्षण गराउने तयारी गरेको छ ।

प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवीन कार्की भन्छन्,“खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्याउन पनि गाह्रो भयो, डिएनए परीक्षण गर्ने तयारी गरेका छौँ ।” मंगलबार बिहान ७ बजेतिर मानिसको खुट्टा भेटिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार घटना गम्भीर प्रकृतिको भएकाले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फोरेन्सिक विञको टोली पनि बोलाइएको थियो । उक्त टोलीले पनि डिएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ ।

खुट्टा जलेको अवस्थामा भएकाले पनि लिङ्ग छुट्याउन गाह्रो भएको एसएसपी सिंहले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...