गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा वैशाख २९ गते प्रदेश प्रमुख सीता कुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले जेठ २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।