मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

192

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधव कुमार नेपाल समूहले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो ।

मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३को ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मतमात्रै पर्यो । ओली पक्षका ७ र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्षमा भोट हालेका थिए । १२ जना प्रदेशसभा सदस्य रहेको कांग्रेस तटस्थ बसेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...