धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले जानकारी दिए ।
बैठकमा केपी शर्मा ओली पक्षका सांसद्हरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद् पठान सिंह बोहोराले बताए ।
बहुमत सांसद्हरु मत दिने पक्षमा उभिएपछि उनीहरुको फरक मत राख्न चाहेका थिए । तर, बहुमत पक्षले फरक मत राख्न नदिएको एक सांसद्ले बताए ।
सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सांसद् छन् । उनीहरुमध्ये नेपाल समूहका १८ र ओली पक्षका ६ जना जना छन् ।