प्रदेश २मा सत्ता सहकार्यका लागि जसपा र कांग्रेसबीच छलफल

387

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले सत्ता साझेदारीका लागि नेपाली कांग्रेससँग पहिलो चरणको वार्ता गरेको छ ।

सोमबार बिहान मन्त्रिमण्डल पुनःगठन र सत्ता साझेदारीका लागि दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको र बेलुका अन्तिम चरणको बैठक बसेर मन्त्रालय बाँडफाड गर्ने तयारी गरिएको जनाएको छ ।

महन्थ ठाकुर पक्षीय मन्त्री तथा राज्यमन्त्रीलाई आइतबार राति हटाएलगत्तै कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराइ मन्त्रिमण्डल पुनःगठनका लागि जनता समाजवादी पार्टीले छलफल बढाएको जनाएको छ ।

सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरुसँग पहिलो चरणको छलफल भएको नेपाली कांग्रेस प्रदेश नम्बर २ का सचेतक उपेन्द्र कुशवाहले बताए ।

“जसपाको तर्फबाट ३ जना मन्त्री र कांग्रेसको ३ जना संसदबीच छलफल भएको हो,”सचेतक कुशवाहले भने,“सरकारमा सहभागी हुन मन्त्रालय टुक्राएर बढाउनेबारे प्राम्भिक छलफल भयो ।” दुवै पक्ष छलफलपछि संसदीय दलमा विमर्श गरेर आज साँझ पुनः दुवै पक्ष बसेर सरकारमा सहभागी हुने प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

बैठकमा प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह र कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाह, सांसदहरु शिवचन्द्र चौधरी र वीरेन्द्र सिंहबीच फलफल भएको थियो ।

बैठकमा कांग्रेसले तत्कालीन राजपासँग भएको गठबन्धनकै मोडेलअनुसार ५० प्रतिशत मन्त्रालय माग गरेको छ ।

त्यसैगरी माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिने चर्चा छ । यद्यपी त्यसबारे टुंगो लागिसकोको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...