आयल निगमले घटायो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

158

काठमाडौं । नेपाल आयल निगमले अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै हिजो राति १२ बजेदेखि नै लागु हुनेगरी हवाई इन्धनको मूल्य घटाएको हो ।

आइतबार बसेको निगम सञ्चालक समितिले कोभिड–१९को अवस्था रहुञ्जेल अन्तराष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशत नाफा राखेर मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि प्रतिकिलोलिटर ८९३ अमेरिकी डलर रहेको अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर १७८ अमेरिकी डलरले मूल्य घटाएको हो ।

आइतबारसम्म निगमलाई अन्तराष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा रहेको निगमका प्रवक्ता वितीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार कोरोनाको एक वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिक (१५ दिनको अवधिमा)रुपमा १ करोड ५० लाख नाफा भएको छ ।

निगमलाई खाना पकाउने एलपी ग्यासबाट पाक्षिकरुपमा अनुमानित ५० करोड नोक्सान रहेको छ । एलपी ग्यासको नोक्सानी निगमले हवाई इन्धनबाट परिपूर्ति गर्दै आएको थियो । निगमको इन्धन मूल्य निर्धारण नीतिअनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तराष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...