कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि विश्वासको मत लिने भएका छन् ।
आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएको छ । सरकारले आज विश्वासको मत लिन खोजेको तर कांग्रेसले विरोध गरेपछि मंगलबार सरको कांग्रेस संसदीय दलका नेता रण बहादुर रावतले बताए ।
गत जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, सुदूरपचिम एमाले संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गरेको थियो ।