धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गा कुमारी बिकलाई दिइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका संसदीइ दलका नेता प्रकाश बहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउनेगरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए ।
यसअघि एमाले संसदीय दलको तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लाल बहादुर खड्कालाई नियुक्त गरिएको थियो । तर, उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीको सचेतकसमेत रहेकी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनएको छ ।