कर्णालीमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

482

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आइतबार एक समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कर्णाली सरकारमा कांग्रेस सहभागी हुने भएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । कांग्रेसले सरकारमा सहभागी हुन दुईजना प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको थियो ।

मुख्यमन्त्री शाहीले सामाजिक विकासमन्त्रीमा यज्ञ बहादुर बिसी र जलश्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेका थिए ।

एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते नेपाली कांग्रेसले विश्वसको मत दिएर सरकार जोगाइराख्न साथ दिएको थियो । साथै, एमाले माधव कुमार नेपाल पक्षका ४ जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । फ्लोर क्रस गर्ने ४ जनामध्ये ३ जना अहिले सरकारमा मन्त्री छन् ।

Share This:
सम्बन्धित खबर
Loading...