जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा)ले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा जारी बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो । राउन हाल प्रदेश २को मुख्यमन्त्री समेत हुन् ।
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)बीच एकीकरण भएपनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए । तर, एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद भएकै समयमा संसदीय दलको नेतामा पूर्व समाजवादी पार्टीबाट राउतलाई चयन गरिएको छ ।
केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश ३ मा समेत सरकार परिवर्तन हुने चर्चाबीच अध्यक्ष यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता चयनसमेत गराउन लगाएका हुन् ।
प्रदेश २मा जसपाका कुल ५५ सांसद् छन् । जसमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । पूर्व समाजवादीका २० र पूर्व राजपाका २५ जना संसद् रहेकोमा राउतलाई पूर्व राजपाका ६ जनालेसांसद्लेसमेत समर्थन गरेको पूर्व समाजवादीका एक सांसद्ले जानकारी दिए ।