काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधानर तथा मालपोट कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ ।
२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको छ ।
मालपोट कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जबाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।