वडामा निःशुल्क एन्टिजेन परीक्षण, ८ जनामा संक्रमण पुष्टि

209

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ ले वडा कार्यलयमा वडाका कर्मचारी र स्थानीय बासिन्दाहरुको निःशुल्क एन्टिजेन परीक्षण गरेको छ ।

कोभिडसँग मिल्दो लक्षण भएका तथा कोभिड संक्रमितसँग नजिक रहेका व्यक्तिहरुको निःशुल्क एन्टिजेन परीक्षण गरिएको हो ।

वडामा कोभिड संक्रमणको अवस्था यकिन गर्न वडाले स्थानीयवासीको एन्टिजेन परीक्षण गरेको नगरपालिकाका वडा सदस्य परशुराम कार्कीले जानकारी दिए ।

निःशुल्क एन्टिजेन परीक्षणमा वडाबाट १ सय १७ जना व्यक्तिको एन्टिजेन परीक्षणका लागि नमुना सङ्कलन गरिएकोमा ३ पुरुष र ५ महिला गरी ८ जनामा कोभिड पोजेटिभ वडा सदस्य कार्कीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...