अनेकौँ प्रेमीका कथाहरु….

690
  • विशाल श्रेष्ठ

अनेकौँ प्रेमीका कथाहरुभित्र हाम्रो पनि बास हुनुपर्छ
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनास हुनुपर्छ
छुटेर नछुट्ने टुटेर नटुट्ने सारै नै खास हुनुपर्छ
रोक्ने छेक्ने सारा बन्धनहरु सबै सर्वनाश हुनुपर्छ ।

सुनौलो स्वर्ण अक्षरहरुमा हाम्रो कहानी अटाउनुपर्छ
आकस्मिक आउने मनमुटाव आपसमै बसेर मेटाउनुपर्छ
तिमीनै हौँ मेरो मन मुटुको साथी तिमिलेनै थाहा पाउनुपर्छ
सम्झनु, अनेकौँभित्र सुहाउने लायक हामीले नै बनाउनुपर्छ ।

तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनास हुनुपर्छ
छुटेर नछुट्ने टुटेर नटुट्ने सारै नै खास हुनु पर्छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...