वीरगञ्ज । वीरगञ्जमा आगामी असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।
बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आरविन्दलाल कर्णले सबै सामुदायिक तथा स.स्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।
महानगरले कक्षा सञ्चालनका लागि ७ वटा सर्त बनाएको छ । विद्यालयका सवारी साधन नचलाउन महानगरले भनेको छ । विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्याथीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, स्यानिटाइजर, भौतिक दूरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नुपर्ने छ ।
वीरगञ्ज महानगरपालिकामा निजी र संस्थागत गरी २ सय हाराहारीमा विद्यालय छन् ।